बझाङमा कांग्रेसका उम्मेद्‍वारले बढाए मतान्तर

बझाङमा कांग्रेसका उम्मेद्‍वारले बढाए मतान्तर

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । बझाङ प्रदेश सभा १ को १ मा उपनिर्वाचनको मतगणना कांग्रेसले अग्रता कायमै राखेको छ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेद्‍वार अभिषेकबहादुर सिंहले ८ हजार २२७ मत पाएका छन्। यस्तै, दोस्रो स्थानमा रहेका एमाले उम्मेद्‍वार दमनबहादुर भण्डारीले ७ हजार ९७४ मत प्राप्त गरेका छन्।

यस्तै, माओवादी केन्द्रका उम्मेद्‍वार जनक बुढाले दुई हजार ९०३ मत प्राप्त गर्दा एसका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार १६२ मत प्राप्त गरेका छन्।

Skip This
Skip This
Logo