इलाम २ मा सुहाङ नेम्वाङले कटाए १५ हजार ६०० मत, अरुले कति पाए ?

इलाम २ मा सुहाङ नेम्वाङले कटाए १५ हजार ६०० मत, अरुले कति पाए ?

केन्द्रबिन्दु
532
Shares

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

पछिल्लाे मत परिणाामअनुसार एमालेका नेम्वाङले १५ हजार ६५३ मत ल्याएका छन । उनलाई पच्छ्याएका कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ६८ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ८ हजार ६८९ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २ हजार ३१३ मत प्राप्त गरेका छन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Skip This
Logo