इलाम २ मा सुहाङ नेम्वाङले कटाए १८ हजार मत, रास्वपाले पनि बढायाे मत

इलाम २ मा सुहाङ नेम्वाङले कटाए १८ हजार मत, रास्वपाले पनि बढायाे मत

केन्द्रबिन्दु
364
Shares

प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिकाको मतगणना सकिँदा नेम्वाङले १८ हजार १९६ मत पाएका हुन् । दोस्रोमा रहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ३३९ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ३३६ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले ३ हजार ६७ मतसहित चौथो स्थानमा छन् ।

अब  इलाम नगरपालिकाको मतगणना गर्न बाँकी छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

Logo