सुहाङले जितेपछि अध्यक्ष ओलीले दिए बधाई

सुहाङले जितेपछि अध्यक्ष ओलीले दिए बधाई

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र-२ बाट प्रतिनिधि सभा सदस्यमा आफ्नो पार्टिबाट निर्वाचित भएका सुहाङ नेम्बाङलाई बधाई दिएका छन्।

सोमबार फेसबुकमा स्टाट्स लेख्दै अध्यक्ष ओलीले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सुहाङलाई बधाई र इलामका मतदातालाई धन्यावाद दिएका हुन्।

उनले लेखेका छन्:
इलाममा सुहाङ,
हार्दिक बधाई !!
इलामका मतदातालाई धन्यवाद !!
मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ – कति भोटले जितिन्छ ?
सुहाङ्ले भन्नु भएको थियो – इलामेली जनतालाई सोध्नु पर्छ।
आज अन्तिम परिणाम आयो – ५८३० मतान्तरले जीत भयो।
हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ।
फेरि बधाई सबै इलामेलीलाई !!

Skip This
Logo