रास्वपाबाट चुनाव हारेपछि मिलन भन्छन्: साग पसल खोल्दैछु

रास्वपाबाट चुनाव हारेपछि मिलन भन्छन्: साग पसल खोल्दैछु

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट इलाम प्रतिनिधि सभा २ मा उम्मेद्‍वार रहेका मिलन लिम्बूले चुनावमा पराजय भोगेपछि साग पसल खोल्न लागेको बताएका छन्।

लिम्बूले बुधबार फेसबुकबाट उपनिर्वाचनमा पराजित भएपछि इलाममा कृषिजन्य उत्पादनको प्रचुर सम्भावन भएको र राजनीति पेसा नभइ सेवा भएकोहुँदा साग पसल आफ्नो पेसा हुने बताएका छन्।

उनले सम्पन्न उपनिर्वाचन जितेको भए सदनमा जनताको आवाज उठाउने नभए साग बेचेरै भएपनि जनताको सेवा गर्ने आफ्नो निर्वाचन अगाडिकै लक्ष्य रहेको बताएका छन्।

Skip This
Skip This
Logo