काठमाडौं । मन्त्रिपरिषद् बैठकले ६ सचिवको सरूवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ सचिवको सरूवा गर्ने र सय रूपैयाँको नोटमा राखिएको नेपालको नक्सा परिवर्तन गर्ने निर्णय गरेको हो।
हाल बजारमा रहेको एक सय रूपैयाँको नोटमा नेपालको पुरानो नक्सा हटाएर नयाँ चुच्चे नक्सासहित प्रकाशन गर्ने निर्णय गरेको छ।
यस्तै, सचिवहरू दीपक काफ्ले, गणेश पाण्डे, राधिका अर्याल, दीपक खरेल, रेवतीरमण पौडेल र विन्दप्रसाद शर्मालाई सरूवा गरेको छ।





























प्रतिक्रिया