बम पड्काएपछि प्रधानमन्त्रीको प्रतिक्रिया, ‘विप्लव आतंककारी हो’ (भिडियोमा)

बम पड्काएपछि प्रधानमन्त्रीको प्रतिक्रिया, ‘विप्लव आतंककारी हो’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको समूहको गतिविधि आतंककारी भएको उल्लेख गर्दै सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकलाई सहज ढंगले अघि बढन नदिने गरी सो समूहले गरेको आतंककारी गतिविधिलाई रोक्नु र नियन्त्रण गर्नु सरकारको कर्तव्य भएको स्पष्ट पारे ।

सोमबार ललितपुरमा आयोजित राष्ट्रिय मानव अधिकार आयोगको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले मानव अधिकारको, मानव मर्यादा र यसको सम्मानमाथि गम्भिर चोट पुर्‍याउने गरी भएका यस्ता आतंककारी समूहको गतिविधि सरकारले रोक्ने दोहोर्‍याए ।

प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको समूहको काम के हो ? भनि प्रश्न पनि गरे । ‘नेपाललाई सुशासन र विकासको बाटोमा सहज ढंगले अघि बढन नदिने गम्भिर प्रयासहरु भईरहेका छन,’प्रधानमन्त्री ओलीको प्रश्न थियो,‘ कुन उद्देश्य, को संघको आक्रोशमा विरोध, चाहिएको के हो, मितिहरुको माग के हो ?’

Skip This
Skip This
Logo