एमाले रसुवाको अध्यक्ष ढकाल सर्वसम्मत

एमाले रसुवाको अध्यक्ष ढकाल सर्वसम्मत

केन्द्रबिन्दु
28
Shares

रसुवा । एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत निर्वाचित भएका छन्।

सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो। अध्यक्ष चुनिएका ढकाल यसअघि जिल्ला कमिटीमा सचिवकारुपमा कार्यरत थिए।

अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिवमा पेम्बा लामा, उपसचिवमा सुकबहादुर तामाङ र चमेली गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्।

अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गरेका थिए।

Logo