सभामुखसहित शीर्ष नेताको बैठक जारी

सभामुखसहित शीर्ष नेताको बैठक जारी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सभामुख देवराज घिमिरले बोलाएको शीर्ष नेताहरूसँग छलफल बैठक सुरू भएको छ।

बैठक अहिले सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा बसिरहेको छ।

संसदको आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।

सभामुख घिमिरले छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही सहभागी छन्।

सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो।

कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले आगामी अधिवेशन सुरु हुनु अघि छलफलका लागि बैठक बोलाएका हुन्।

Logo