कांग्रेसले अडान नछाडेपछि सभामुखले बाेलाएकाे बैठक निष्कर्षविहीन

कांग्रेसले अडान नछाडेपछि सभामुखले बाेलाएकाे बैठक निष्कर्षविहीन

केन्द्रबिन्दु
112
Shares

सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग राखेको बैठक निष्कर्षविहीन बनेको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेपछि बैठक निष्कर्षविहीन बनेको हो । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पनि मुछिएको छ । जसलाई कांग्रेसले आफ्नाे ठूलै मुद्धा बनाएकाे छ ।

छलफलमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही सहभागी थिए ।

सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो।

Skip This
Logo