पछिल्ला केही गतिविधिले कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढे: सभापति देउवा

पछिल्ला केही गतिविधिले कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढे: सभापति देउवा

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्ला राजनीतिक गतिविधिहरूले कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेको बताएका छन्।

बुधबार सभापति देउवा निवास बुढानिलकण्ठमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलगायत समूहसँग भेटघाटका क्रममा सभापति देउवाले पछिल्ला राजनीतिक गतिविधिहरूले कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेको बताएका हुन्।

सत्तारूढ दल एमाले र माओवादी केन्द्रलाईलक्षित गर्दै सभापति देउवाले ‘पछिल्ला केही गतिविधिले कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेको संशय पैदा भएको देखिएको छ,’ बताएको उनको भनाइलाई उदृत गर्दै भेटघाटका क्रममा सहभागी एक नेताले बताए।

यस्तै, देउवाले सहकारी प्रकरणमा आफ्नो अडान यथावत रहेको जानकारी पनि गराएका छन्। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसल निरन्तर आवाज उठाउँदै आएको बताए।

सभापति देउवाको भनाइलाई उदृत गर्दै ती नेताले भने,‘गृहमन्त्री नै यो प्रकरणमा जोडिएको कुरा आएको छ, यसमा संसदीय छानबिन समिति गठन गर्नैपर्छ। संसदीय समिति गठन गर्नैपर्छ, लाखौँ जनताले सहकारीमा राखेको बचत ठगी भएको छ, जनतालाई बचत फिर्ता दिनुपर्छ। यो विषय हामी त्यसै छाड्दैनौँ।’

Skip This
Logo