कोशीको नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी

कोशीको नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी

केन्द्रबिन्दु
84
Shares

कोशी प्रदेशको नयाँ सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । सो रिटको शुक्रबार पेसी तोकिएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार गत असोज २७ मा मुख्यमन्त्री नियुक्त केदार कार्कीले आफूलाई समर्थन गर्ने दलहरूले समर्थन फिर्ता लिएको ३० दिन पूरा भएको, त्यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत नलिएको तथा वैशाख ७ मा प्रदेश सभाबाट पारित मुख्यमन्त्री विरूद्धको संकल्प प्रस्तावले उनी अल्पमतमा परेको ठहर गर्दै प्रदेश प्रमुखले नयाँ सरकार बनाउन आह्वान गरेका थिए। सोहीअनुसार बिहीबारै बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हिक्मत कार्की मुख्यमन्त्री पदमा नियुक्त भएका छन् ।

Skip This
Logo