कोशीका मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनीयताको सपथ

कोशीका मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनीयताको सपथ

केन्द्रबिन्दु
84
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त उनले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

त्यसैगरी आजै मन्त्रिपरिषद् समेत गठन गरिएको छ ।

मुख्यमन्त्री कार्कीको सिफारिसमा गणेशप्रसाद उप्रेती र रामबहादुर मगरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीलाई समेत नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको सपथ गराएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

Skip This
Logo