कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ।

कांग्रेसले बिहीबार नै दलको बैठक राखेको थियो। तर, नेता सुर्यमान गुरुङको निधनका कारण अन्तिम समयमा बैठक स्थगित भएको थियो।

शुक्रबार बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने र त्यसपछि ८:३० बजेदेखि संसदीय दलको बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा संघीय संसद्को बजेट अधिवेशनको तयारीका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेपछि कांग्रेसले संसदीय समिति गठन गरी छानविन गर्नुपर्ने माग गर्दै आएको छ। यो अधिवेशनमा समेत सरकारले छानविन समिति गठन नगरे संसद् पूर्णरुपमा ठप्प पार्ने कांग्रेसको चेतावनी छ।

बुधबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले सहकारी ठगी प्रकरणमा थप कडारुपमा प्रस्तुत हुने रणनीति बनाएको थियो। शुक्रबारको बैठकले त्यसबारे निर्णय लिने प्रमुख सचेतक लेखकले बताए।

Skip This
Logo