‘सन्दीप लामिछानेलाई फसाउन विदेशी शक्ति नै परिचालित भए’ -सांसद डा. सुनिल शर्मा [भिडियाेसहित]

‘सन्दीप लामिछानेलाई फसाउन विदेशी शक्ति नै परिचालित भए’ -सांसद डा. सुनिल शर्मा [भिडियाेसहित]

केन्द्रबिन्दु
70
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले क्रिकेटर सन्दीप लामिछानेलाई फसाउन विदेशी शक्ति नै लागेको दाबी गरेका छन् । सन्दीपको क्षमता देखेर उनलाई रोक्न विश्व क्रिकेटका महाशक्ति भारत, पाकिस्तान, अष्ट्रेलियालगायतको शक्ति नै परिचालन भएको उनको भनाई छ ।

शुक्रबार सञ्चारकर्मीसँगको अन्तक्रियामा सांसद डा. शर्माले भने, ‘नेपालमा जसले कुनै न कुनै राम्रो काम गर्छ, त्यसलाई विभिन्न शक्ति लगाएर रोकिन्छ । सन्दीप लामिछानेको विषयमा पनि यही भएको हो । उनको केसमा त विदेशी शक्ति पनि सहभागी छ । यदी सन्दीप लामिछाने आजको टीम भएको भए नेपाल विश्वकपको सम्भवत् सेमिफाइनल, फाइनलमा पुग्न सक्थ्यो । क्रिकेट विश्वजारका बिग पोट्याटोहरु भारत, पाकिस्तान, अष्ट्रेलियालगायत भन्दा माथि जान सक्ने खतरा बढ्थ्यो । त्यसकारण यसलाई कसरी रोक्ने भनेर स्वेदेशीसँगै विदेशी शक्ति नै परिचालित भए ।’

साथै उनले सन्दीपलाई ड्यामेज गराइसकेको पनि बताए ।

सांसद डा. शर्माले सबै विषय न्यायालयले कानूनका छिद्रबाट हेरिनु नपर्ने पनि आवश्यकता औंल्याएका छन् । बस्तुस्थिती, रियालिटी र सेन्टीमेन्ट बुझ्नुपर्ने उनको भनाई छ । ‘सन्दीप दोषी छन् भने ८ वर्ष होइन, १६ वर्ष जेल सजाय तोकिनुपर्छ । होइन भने एक दिन एक घण्टा पनि यसरी मानसिक यातना दिएर राख्नुहुँदैन ।’

Skip This
Logo