‘पशुपति जस्तो धार्मिक क्षेत्रमा राजनीति हुनु दुर्भाग्यपूर्ण’ -मन्त्री तामाङ

‘पशुपति जस्तो धार्मिक क्षेत्रमा राजनीति हुनु दुर्भाग्यपूर्ण’ -मन्त्री तामाङ

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति जस्तो धार्मिक क्षेत्रमा पनि राजनीति हुनु दुखद् रहेको बताएका छन् ।

शुक्रबार काठामाडौंमा आयोजित पशुपति क्षेत्र विकास कोषको ३८औं वाषिकोत्सव समारोहमा बोल्दै उनले अहिलेसम्म देशलाई अगाडि बढ्न नदिने र प्रगतीको वाधकको रुपमा गैर राजनीतिक क्षेत्रमा राजनीति हावी भएको बताए ।

उनले भने,‘हामीलाई अहिलेसम्म विगार्ने भनेको अगाडि बढ्न नदिने रोग हो । हाम्रो प्रगतीको वाधकको रुपमा देखिएको कुरा भनेको गैर राजनीतिक ठाउँमा गएर राजनीति गर्ने रोग हो । यो पशुपति क्षेत्र त गैरराजनीतिक ठाउँ हो । धार्मिक क्षेत्र हो । सोही ठाउँमा राजनीति गर्न थाल्यो भने हाम्रो मुलुक नविग्रिए कुन देश विग्रन्छ त? त्यसैले म त्यसमा सजक छु ।’

उनले पूर्विय दर्शनको महत्वपूर्ण पशुपति क्षेत्रले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएको बताए । पशुपति क्षेत्रको व्यवस्थित प्रवद्र्धन गर्न सकेमा यस क्षेत्रले देशलाई धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनाउन सक्ने विशवास व्यक्त गरे ।

Skip This
Logo