कोशीका मुख्यमन्त्री हिक्मतलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने

कोशीका मुख्यमन्त्री हिक्मतलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने भएको छ।

आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्ने तयारी गरेका छन्।

उनले संविधानको धारा १६८ (५) को उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन्।

एमाले र माओवादीका प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई एकीकृत समाजवादी र जसपालेपनि विश्वासको मत दिने भएका छन्।

कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ ।

Skip This
Skip This
Logo