काठमाडौं । तत्कालि अखिल (क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङले पार्टी एकतापछि पाएको जिम्मेवारी स्वीकार गरेका छन् । माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकतापछि विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा तामाङलाई जिम्मेवारी दिएको थियो ।
उक्त जिम्मेवारीपाएपछि असन्तुष्ट बनेका तामाङले सहसंयोजको जिम्मेवारी नसम्हाल्ने बताउँदै आएका थिए अन्ततः बुधबार बिहान झापामा पत्रकार सम्मेलन गर्दै उक्त पद स्वीकार गरेका हुन् ।
तामाङले पार्टीले आफुलाई अन्याय गरेको गुनासो गर्दै उक्त पद स्वीकार गर्ने बताएका हुन् । उनले आँफुलाई फरक जिम्मेवारी दिन समेत माग गरेका छन्। ‘एक संगठनको अध्यक्ष संयोजक बन्ने र अर्को समान संगठनको अध्यक्ष सो भन्दा फरक पदमा रहने भन्ने कुरो रहदैन’ उनले भने।
गृह जिल्ला झापामा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्व माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रहेका तामाङले गृह जिल्ला पुगेर आफ्नो आधिकारिक धारणा राख्ने बताएका थिए । पार्टी एकता संगठनात्मक मात्र नभई भावनात्मक पनि हुन पर्ने भन्दै उनले नेकपामा त्यसको अभाव भएको जिकिर गरे।
विश्वविद्यालय, कलेज र नीजि शैक्षिक क्षेत्रमा बेथिति बढेको बेला विद्यार्थी संगठन कुहिरोको काग बन्दै गरेको बताए। आफू अन्यायमा परेको सबैजनालाई जानकारी गराएको र अध्यक्ष प्रचण्डले एकतालाई पूर्णता दिन बलिदानी गर्नुपर्ने बताएपछि अहिले आफुले नेतृत्वले दिएको जिम्मेवारी स्वीकार गरेको बताए । उनले आफुलाई पटक पटक अन्याय परेको र असन्तुस्ट रहेको बताएका थिए।































प्रतिक्रिया