प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा, कांग्रेसको माग मान्ने कि नमान्ने ?

प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा, कांग्रेसको माग मान्ने कि नमान्ने ?

केन्द्रबिन्दु
350
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिएको अल्टिमेटमको समय घर्किन लाग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन् ।

सत्ता गठबन्धनमा तीन शीर्ष नेताबीच सिंहदरबारमा छलफल भइरहेको हो । मंगलबार संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिको कार्यतालिका छ ।
सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको छ । सरकारले बारम्बार टार्दै रहँदा कांग्रेसले संसद्मा माग जोडदार रुपमा उठाउँदै बैठक नै अवरुद्ध पार्दै आएको छ ।

आइतबार पनि प्रधानमन्त्री दाहाल र सभामुख देवराज घिमिरे छुट्टाछुट्टै छलफल गर्दै निकास खोज्ने प्रयास गरेका थिए । प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो अडान छाडेन ।

नीति तथा कार्यक्रमको कार्यसूची बिथोलिने आकलन गर्दै प्रधानमन्त्री दाहाल, गृहमन्त्री लामिछाने र एमाले अध्यक्ष ओलीले सोमबार साँझ छलफल गरिरहेका हुन् । आजै चितवनमा प्रधानमन्त्री दाहालले कांग्रेसको मागको निकास आउने बताएका थिए ।

Logo