आगामी रणनीति तय गर्न नेकपा एसको बैठक बस्दै

आगामी रणनीति तय गर्न नेकपा एसको बैठक बस्दै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । आज ललितपुरस्थित कान्तिपुर गार्डेनमा बैठक बसिएको हो ।

बैठकमा राजनीतिक प्रतिवेदन, आगामी कार्यक्रम, विधान र संगठनात्मक प्रस्ताव गरेर चारवटा दस्तावेजहरुमाथि छलफल हुने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । उनले छलफलको प्रक्रिया बुधबार साँझ कार्यकर्ताहरुको सुझावसहित नयाँ प्रतिवेदन पुनःलेखन गर्ने योजनाका साथ सम्पन्न हुने पनि बताए ।

प्रवक्ता खतिवडाले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको आफ्नो दृष्टिकोण, आफ्नो मान्यता र अडानका साथ राष्ट्रिय राजनीतिमा आफूलाई प्रस्तुत गर्ने कुरालाई जोड दिएको पनि जानकारी गराए ।

उनले भने, ‘पार्टी अध्यक्षले आजको राजनीति संवेदनशिलता, नेपालको अवस्थाको बारेमा चर्चा गर्दै नेकपा एकीकृत समाजवादी आफ्नो दृष्टिकोण, आफ्नो मान्यता अडानका साथ राष्ट्रिय राजनीतिमा आफूलाई प्रस्तुत गर्ने कुरालाई जोड दिन्छ ।’

Skip This
Skip This
Logo