कांग्रेससँग तातेका ओली प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबारमा

कांग्रेससँग तातेका ओली प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबारमा

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भेट्न सिंहदरबार पुगेका छन्।

बुधबार एमाले संसदीय दलको बैठक सकेर अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्ड भेट्न अहिले सिधैं सिंहदरबार पुगेका हुन्।

संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एकतर्फी कांग्रेसलाई विभिन्न आरोप लगाउँदै कटु आलोचना गरेका थिए।

गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनका साथै गिरिबन्धु टी-स्टेट प्रकरणपनि छानबिन हुनुपर्ने माग थपेपछि अध्यक्ष ओली कांग्रेससँग तातेका हुन्।

प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा सदन अवरोध, कांग्रेसको पछिल्लो संसदीय दलको निर्णय र समासमायिक राजनीतिको बारेमा छलफल भइरहेको स्रोतले बताएको छ।

Logo