राष्ट्रिय सभा बैठक अपराह्न ४:३० बजे बस्ने

राष्ट्रिय सभा बैठक अपराह्न ४:३० बजे बस्ने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ। यसअघि उक्त बैठक आज अपराह्न १ः१५ बजे बस्ने तय भएको थियो।

बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्‌मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ।

Logo