संसदीय समिति बन्छ, तर कांग्रेसले भनेजस्तो व्यक्ति केन्द्रित होइन -प्रधानमन्त्री प्रचण्ड

संसदीय समिति बन्छ, तर कांग्रेसले भनेजस्तो व्यक्ति केन्द्रित होइन -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
126
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति बनाउने तयारी भएको बताएका छन् ।

मन्त्रिपरिषद्को आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भनेजस्तो व्यक्ति केन्द्रित नभई सहकारीको रकम अपचलनसहितका विषयको छानबिन गर्न संसदीय समिति बनाउने बताएका बताएका हुन् । यस विषयमा कांग्रेस लचक भएको उनको भनाई छ ।

यसअघि नै प्रधानमन्त्री दाहालले नेताहरुसँगको छलफलमा प्रमुख प्रतिपक्षी दललाई समिति गठन गर्ने सम्भावना रहेको भनेर जानकारी दिएका छन् । तर अपरान्ह चार बजे बस्ने बैठकमा गृहमन्त्रीलाई बोल्न दिने र अवरोध नगर्ने, त्यसपछि छानविन समितिको टुंगो लगाउने बताएका थिए ।

कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।

Logo