कांग्रेसले आज पनि संसद बैठक चल्न नदिने

कांग्रेसले आज पनि संसद बैठक चल्न नदिने

केन्द्रबिन्दु
126
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन सरकार तयार नदेखिएपछि कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध जारी राख्ने तयारी गरेको हो ।

आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । तर, दलहरुका बीचमा सहमतिको प्रयास भएको भएपनि कांग्रेसले भने अनुरुपको संसदीय छानविन समिति बनाउन सरकार तयार नभएपछि कांग्रेसले अवरोध कायम राख्ने कांग्रेसकी सचेतक सुशिला थिङले जानकारी दिइन् ।

Logo