कांग्रेसकाे रिस मिडियामाथि पाेखे गृहमन्त्री लामिछानेले

कांग्रेसकाे रिस मिडियामाथि पाेखे गृहमन्त्री लामिछानेले

केन्द्रबिन्दु
462
Shares

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा बोल्न नदिएको रिस मिडियामाथि पोखेका छन् ।

बिहीवारको बैठकमा गृहमन्त्री लामिछाने बोल्ने तयारीस्वरुप नेताहरु छलफलमा जुटेका थिए । तर, सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन सरकार तयार नदेखिएपछि कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध जारी राख्ने निर्णय गरेपछि उनले आक्रोश पोखेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘एक पटक बोल्न पाउनु पर्यो।त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल ???’

दलहरूबीच सहमतिको प्रयत्न भएको भन्दै बिहीबार ११ बजेलाई तय भएको संसद् बैठक अपरान्ह ४ बजेका लागि सारिएको थियो । प्रधानमन्त्रीले सहकारीबारे छानबिन गर्न समिति गठन गर्न सकिने आश्वासन दिएपछि कांगेसले पनि गृहमन्त्री लामिछानेलाई बोल्न दिने थियो । तर, सहकारीको रकम हिनामिनामा संलग्न रहेको भन्दै कांग्रेसले दाबी गरे अनुसार गृहमन्त्री लामिछानेको नाम उल्लेख पनि नगर्ने र टालटुले समिति गठन गर्न खोजेपछि संसद् अवरुद्धको सिलसिला जारी रहने अडानमा कांग्रेस पुगेकाे हाे ।

Logo