संसदमा कांग्रेसकाे अवरोध कायमै, गृहमन्त्री बाेल्नै नपाई बैठक स्थगित

संसदमा कांग्रेसकाे अवरोध कायमै, गृहमन्त्री बाेल्नै नपाई बैठक स्थगित

केन्द्रबिन्दु
70
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राखेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथिको सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति गठनको मागलाई बेवास्ता गर्दै सरकारले संसद् बैठक सञ्चालन गर्न खोजेपछि कांग्रेस प्रतिवादमा उत्रिएको हो ।

कांग्रेस सांसदको नाराबाजीबीच सभामुखले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिइएको घोषणा गरेका थिए । तर, उनी रोष्ट्रममा पुग्नै पाएनन् । कांग्रेस सांसदको नाराबाजीपछि सत्ता पक्षका नेताहरु प्रतिवादमा उत्रिएपछि झण्डै हात हालाहालको स्थिति सिर्जना भएको थियो ।

रोष्टम घेराउ गर्दै कांग्रेसले नाराबाजी जारी राखेपछि बैठक नै स्थगित भएको छ । अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

दलहरूबीच सहमतिको प्रयत्न भएको भन्दै बिहीबार ११ बजेलाई तय भएको संसद् बैठक अपरान्ह ४ बजेका लागि सारिएको थियो । प्रधानमन्त्रीले सहकारीबारे छानबिन गर्न समिति गठन गर्न सकिने आश्वासन दिएपछि कांगेसले पनि गृहमन्त्री लामिछानेलाई बोल्न दिने थियो । तर, सहकारीको रकम हिनामिनामा संलग्न रहेको भन्दै कांग्रेसले दाबी गरे अनुसार गृहमन्त्री लामिछानेको नाम उल्लेख पनि नगर्ने र टालटुले समिति गठन गर्न खोजेपछि संसद् अवरुद्धको सिलसिला जारी रहने अडानमा कांग्रेस पुगेकाे हाे ।

Logo