संसद बैठक लम्बियो, सभामुख प्रमुख सचेतकसँग छलफलमा ब्यस्त

संसद बैठक लम्बियो, सभामुख प्रमुख सचेतकसँग छलफलमा ब्यस्त

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । आज ११ बजेका लागि बस्ने भनिएको प्रतिनिधि सभा बैठक लम्बिएको छ।

सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतकहरूसँग छलफलमा ब्यस्त रहँदा प्रतिनिधि सभाको बैठक लम्बिएको हो।

सहकारी प्रकरणमा निरन्तर संसदीय छानबिन समिति गठनको माग राखेर कांग्रेसले सदन अवरूद्ध गरिरहेको छ।

सोही सदन अवरोध खुलाउनका लागि सभामुख घिमिरेले शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन्।

सभामुखसँगको छलफलपछि कार्यव्यवस्था परामर्श समितिको बैठक राख्ने तयारी रहेको सचिवालयले जनाएको छ।

Logo