गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

केन्द्रबिन्दु
21
Shares

सहकारीकाे रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विषयमा विपक्षी दल सहमत भएका छन्।

आज बिहान संसद भवन नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले संसदमा गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो । छलफलमा सभापति देउवासहित कांग्रेसका पदाधिकारीहरू, राप्रपा नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायत सहभागी थिए।

लामोसमय संसद अवरुद्ध भएपछि शनिबार मात्रै बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुको संयुक्त बैठकमा सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो ।

Skip This
Skip This
Logo