सहकारी प्रकरणः कार्यदलको टीओआरमा सहमति नभएसम्म विपक्षी दलहरुले संसद चल्न नदिने

सहकारी प्रकरणः कार्यदलको टीओआरमा सहमति नभएसम्म विपक्षी दलहरुले संसद चल्न नदिने

केन्द्रबिन्दु
15
Shares

विपक्षी दलहरुले सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति गठनसम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म संसद बैठक नचलाउन आग्रह गरेका छन् ।

छानबिन समितिको टीओआर टुंग्याउन कानूनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलको बैठक जारी छ। कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन्। बिहान ११ बजे बोलाइएको संसद बैठक अझै बस्न सकेको छैन ।

Logo