टीओआरमा कुरा नमिलेपछि संसद बैठक अनिश्चित

टीओआरमा कुरा नमिलेपछि संसद बैठक अनिश्चित

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश(टीओआर) टुंग्याउन गठित कार्यदलको बैठकमा दलहरूबीच सहमति जुट‍ेको छैन।

आइतबार सिंहदरबारस्थित् कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा दलहरूबीच सहमति नहुँदा संसद बैठक अनिश्चित भएको हो।

सहमतिका लागि कांग्रेसले समय मागेपछि बैठक तत्कालका लागि अनिश्चित भएको सभामुखको सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको बैठक आज ११ बजेका लागि बोलाइएको थियो।

Logo