काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले बसिरहेको छ।
बैठक नयाँ बानेश्वरस्थित् संसद भवनको ल्होत्से हलमा बसिरहेको छ।
सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन अहिले बैठक बसिरहेको हो।
कांग्रेसले करिब एक महिनादेखि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएकोमा आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आफूले सहकारीको रकम दुरुपयोग नगरेको दाबी गरेका थिए। कांग्रेसको आजको बैठकमा गृहमन्त्रीको सम्बोधनमाथि समेत छलफल हुने बताइएको छ।
आइतबारको सम्बोधनमा गृहमन्त्री लामिछानेले आफू निर्दोष रहेकोमात्रै दाबी नगरेर धम्कीपूर्ण भाषामा कांग्रेस नेतामाथि लाञ्छना लगाएका कारण संसद्मा कांग्रेस अब झन् कडारुपमा प्रस्तुत हुन सक्ने आंकलनसमेत भइरहेको छ।





























प्रतिक्रिया