कांग्रेसले देशव्यापी आन्दोलन गर्ने

कांग्रेसले देशव्यापी आन्दोलन गर्ने

केन्द्रबिन्दु
336
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शुक्रबार कांग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रीत संघर्ष गर्ने र सहकारी ठगीबाट बढी प्रभावित जिल्लामा आन्दोलन गर्दै जाने निर्णय गरेको पार्टीका कन्द्रीय सदस्य नैंनसिंह महरले जानकारी दिए ।

उनले भने,‘शुक्रबार कांग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रीत संघर्ष गर्ने र जुन जुन जिल्लामा सहकारी पीडितहरुको सङख्या बढि छ त्यो जिल्लामा हामीले अनुसन्धान गर्ने र त्यसैअनुसार संघर्षको काम गर्ने छौं ।’

उनले कांग्रेसको नेतृत्वको पदाधिकारीहरूले जसरी ड्राइभ गरेका छन् त्यसले कांग्रेसलाई ठीक ठाउँमा पुर्याउन नसकेको टिप्पणी गरे । जुन गतिमा कांग्रेसले उपलब्धि हासिल गर्नुपर्ने हो त्यो भन्दा झन दिनदिनै नाजुक अवस्थामा गइरहेको उनको भनाई छ ।

उनले भने, ‘केपी ओलीको सरकारले संसद विघटन गरेको बेलादेखि नै कांग्रेसको नेतृत्वको आजको बेला पाँच छजना पदाधिकारीहरूले नेतृत्व गर्नुभएको छ । उहाँहरुको ड्राइभले कांग्रेसलाई ठीक ठाउँमा पुर्याउन सकेको छैन । यसका विषयमा समीक्षा हुनुपर्छ । जुन गतिमा कांग्रेसले उपलब्धि हासिल गर्नुपर्ने हो त्यो भन्दा दिन दिनै नाजुक र गलत अवस्थामा लैजाने कुरा राम्रो हुँदैन ।’

Logo