कैलाश सिरोहिया चाँडै छुट्छन् -प्रधानमन्त्री प्रचण्ड

कैलाश सिरोहिया चाँडै छुट्छन् -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
322
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया चाँडै छुट्ने बताएका छन् ।

सिरोहिया पक्राउ परेपछि विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पाँचबुँदे पत्र बुझाएपछि उनको यो प्रतिक्रिया आएको हो । उनले सञ्चारकर्मीहरुको पत्रलाई सकारात्मक रुपमा लिएको बताए ।

उनले सञ्चारकर्मीहरुको पत्रलाई सकारात्मक रुपमा लिएको भन्दै कैलाश सिरोहिया छिट्टै छुट्ने प्रतिक्रिया दिए । यसअघि प्रचण्डले चन्द्रागिरीमा भएको एक कार्यक्रममा बिहान अदालत आफूले बु्झेको भन्दै सिरोहिया छुट्ने दाबी गरेका थिए ।

पछिल्लो घटनाक्रमलाई जोडेर मिडियाका सम्पादकहरुले प्रचण्डलाई संयुक्त पत्र लेखेका हुन् । पत्रमा सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी सिरोहियालाई पक्राउ गरिएको घटनालाई प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएको उल्लेख गरिएको छ । गृहमन्त्री रवि लामिछानेले मिडियामाथि आफ्ना गल्ती लुकाउन शत्रुभाव देखाएकोसमेत पत्रमा उल्लेख गरिएको छ ।

Logo