सहकारी प्रकरण: कार्यदलको बैठक जारी

सहकारी प्रकरण: कार्यदलको बैठक जारी

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एंव गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्ने विषयमा सहमति जुटाउन बनेको कार्यदलको बैठक अहिले बसिरहेको छ।

दिउँसो बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकअघि नै कार्यदलमा सहमति जुटाएर सहजरुपमा संसद् खुलाउने प्रयास भइरहेको कार्यदलमा संलग्न नेताहरूले जनाएका छन्।

कानूनमन्त्री पदम गिरी नेतृत्वको कार्यदलको बैठक अहिले सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसिरहेको छ।

हिजो निष्कर्षविहीन भएको बैठक आज फेरि बसेको हो। हिजो बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन। सत्ता पक्षले छानबिन समितिको कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्न नमिल्ने भनेको छ भने विपक्षी दलले नाम उल्लेख नगरी छानबिन समिति बनाउनुको अर्थ नहुने भन्दै आएको छ।

कांग्रेसले बजेट अधिवेशन सुरु भएयताका सबै बैठकमा संसद् अवरुद्ध पार्दै आएको छ। कार्यदलले सहमति नजुटाए आज पनि संसद् अवरुद्ध पार्ने कांग्रेसको तयारी छ।

Skip This
Logo