बालुवाटार बैठकले पनि जुटाउन सकेन सहमति, अब शनिबार के हुन्छ ?

बालुवाटार बैठकले पनि जुटाउन सकेन सहमति, अब शनिबार के हुन्छ ?

केन्द्रबिन्दु
84
Shares

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक पनि निष्कर्षविहीन पुगेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता र प्रतिपक्षका शीर्ष नेताहरूको बैठकले शनिबार बस्ने कार्यदल बैठकमा आ–आफ्नो प्रस्ताव पेस गर्नेगरी बैठक सकिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डसहित एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दल नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भने अनुपस्थित थिए ।

कांग्रेसले सहकारीको बचत ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै लामो समयदेखि संसदीय छानबिन समितिको माग गर्दै आएको छ । यही अडानलाई दोहोर्याउँदै सदन अवरुद्ध गर्दै आएको कांग्रेस अब सडक तताउनतिर उन्मुख छ । संसदीय छानबिन समिति बनाउने सहमति बने पनि अझै कार्यक्षेत्र के हुने भन्ने निश्चित भइसकेको छैन । समितिमा गृहमन्त्री लामिछानेको नाम राख्ने कि नराख्नेमा विषयमा सहमति अड्किन पुगेको छ । कांग्रेसले लामिछानेको नाम नै राख्नुपर्ने र ठगी भएका सहकारीका नाम अनुसूचीमा राख्नुपर्ने अडान राख्दा सत्ता पक्ष भने व्यक्तिको नाम तोक्न नहुनेमा छन्।

Skip This
Logo