‘नीति तथा कार्यक्रमले संविधान कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ’ -जनार्दन शर्मा

‘नीति तथा कार्यक्रमले संविधान कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ’ -जनार्दन शर्मा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन, अर्थतन्त्रको सुधार, पुर्नउत्थान, रोजगारी सिर्जनालाई जोड दिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रमले देशको वर्तमान अवस्थालाई बदल्दै राष्ट्र, राष्ट्रियता, समृद्धि, सुशासनको मार्गमा अगाडि बढ्नुपर्ने आवश्यकता आँैल्याएको बताएका हुन् । भ्रष्टाचार नियन्त्रण तथा सुशासनलाई संस्थागत गर्दै विकास निर्माणलाई गति दिनेतर्फ सरकारको नीति तथा कार्यक्रम लक्षित रहेको उनको भनाइ छ ।

देशको समृद्धि र विकासका लागि राष्ट्रिय सहमति एकमात्र विकल्प देखापरेको भन्दै उनले राष्ट्रका सामु उत्पपन्न चुनौती सहमति र एकताबाट मात्र सम्भव भएको बताए । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र कार्यान्वयनको अवस्था गम्भीर बन्दै गएकाले सबैले गम्भीरतापूर्वक सोचौँ, राजनीतिक दलहरुप्रति जनताका प्रश्न, आक्रोशलाई बेलैमा मनन गरौँ । सरकारले ल्याएको नीति तथा कार्यक्रमले विशेष गरी संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार, उत्पादन र उत्पादकत्वलाई जोड दिएको छ” उनले भने ।

संसद्को अवरोध अन्त्य हुननसक्दा संसदीय कार्यभार पूरा गर्न कठिन भइरहेको बताउँदै यसबाट राष्ट्रमा थप सङ्कट र जनतामा असन्तोष बढ्दै जाने भएकाले संसद्को अतिरोध अत्त्य गर्न दलका नेता र सांसदहरुले आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्न आग्रह गरे ।

Skip This
Logo