‘मानव अधिकारको मर्यादा र स्वतन्त्रतालाई साँघुरो घेराभित्र परिभाषित नगरौं’ -मन्त्री गिरी

‘मानव अधिकारको मर्यादा र स्वतन्त्रतालाई साँघुरो घेराभित्र परिभाषित नगरौं’ -मन्त्री गिरी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले मानव अधिकारको मर्यादा र स्वतन्त्रतालाई साँघुरो घेराभित्र परिभाषित गर्न नहुने जिकिर गरेका छन् ।

आइतबार राष्ट्रिय मावन अधिकार आयोगको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गिरीले मानव अधिकारलाई मानवीय जीवनका बहुआयामिक पक्षहरुको बृहत र सुक्ष्म अध्ययन, अनुसन्धान र विष्णेषणका आधारमा परिभाषित गर्नुपर्ने बताएका हुन् ।

मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि राज्य र राजनीतिक शक्तिको बलियो प्रतिवद्धता रहेको उनको दाबी थियो ।

उनले भने, ‘मानव अधिकारप्रति राज्य र राजनीतिक शक्तिको बलियो प्रतिवद्धता र एक्यवद्धता रहँदा आयोगले मानव अधिकारका मान्यता र क्षेत्रहरुमा नेतृत्व लिन सक्षम भएको तथ्य समेत प्रमाणित भएको छ । यस महत्वपूर्ण उपलब्धिका निम्ति आयोगको नेतृत्व, कर्मचारी संयन्त्र तथा अधिकारकर्मीहरुमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । मानव अधिकारलाई मर्यादा र स्वतन्त्रताको साँघुरो घेराभित्र परिभाषित गरिनु हँुदैन । यसलाई मानवीय जीवनका बहुआयामिक पक्षहरुको बृहत र सुक्ष्म अध्ययन अनुसन्धान र विश्लेषण गर्नुपर्दछ ।’

मानव अधिकारको हक र हितका लागि आयोगले खेल्दै आएको भुमिकोको प्रसंसा गर्दै मन्त्री गिरीले नेपाल सरकारको सधैं साथ र सहयोग रहेको समेत बताए ।

‘मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा आयोगले खेल्दै आएको अग्रणी भुमिकाको म प्रसंसा गर्दै आयोगको सशक्तिकरणका निम्ति नेपाल सरकारको हमेसा साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु । मानव अभिकारको संरक्षका लागि राष्ट्रिय मानव अधिकार आयोगले गरेका प्रभावकारी तथा प्रसंसनीय कार्यहरु, सरकारको प्रयास र नागरिक समाजको सहयोगको कारण अन्तरर्राष्ट्रिय समूदाष्मा पनि नेपालको मानव अधिकार आयोग ए श्रेणीमा कायम छ । यस सूचकले आयोगको भुमिका उत्कृष्ट रहेको प्रमाणित मात्र गरेको छैन ।’

Skip This
Logo