शीर्ष नेताको बैठक जारी

शीर्ष नेताको बैठक जारी

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक बसिरहेको छ।

बैठक अहिल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत कांग्रेसका शीर्ष नेता, एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि बालुवाटार सहभागी छन्।

सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति गठन गर्ने सैद्धान्तिक सहमति जुटिसक्दा कार्यादेशमा भने कुरा मिलेको छैन।

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको बचत हिनामिनामा गृहमन्त्री लामिछाने नै संलग्न रहेको भन्दै उनको नाम तोकेर समिति बनाउनुपर्ने अडान राख्दै आएको छ।

Logo