काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे फेरि मुख्यमन्त्री बन्दैछन्।
सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै उनी आज मुख्यमन्त्री बन्न लागेका हुन्।
न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार गण्डकीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक भन्दै ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।
पाण्डे संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुने लागेका हुन्।
गत वैशाख २५ गते पूर्वमुख्यमन्त्री रहेका पाण्डेले दायर गरेको रिट निवेदनमा मुख्यमन्त्री अधिकारीले लिएको मत असंवैधानिक रहेको दाबी गरेका थिए।































प्रतिक्रिया