कांग्रेस नेता प्रकाशमान परिवारसहित दिल्लीमा

कांग्रेस नेता प्रकाशमान परिवारसहित दिल्लीमा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्वस्थ्य भएका छन्। उनी स्वास्थ्य उपचारका लागि शुक्रबार दिल्ली उडेका छन्।

कांग्रेस नेतृ एवं श्रीमती सिर्जना सिंह र छोरासहित प्रकाशनमान दिल्ली गएका हुन्। ‘उहाँलाई प्रोष्टेटको समस्या थियो। नेपालमा बसेर उपचार गरिरहनु भएको थियो तर डाक्टरहरुकै सिफारिसमा दिल्लीमा शल्यक्रियाको प्रविधि राम्रो भएकाले त्यता जानुभएको हो,’ कांग्रेस नेता युपी लामिछानेले भने।

पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका सिंह मधुमेह र उच्च रक्तचाप समस्याबाटपनि पीडित थिए। तर, नियमित शारीरिक अभ्यासमार्फत उनले मोटोपन घटाएका थिए।

हिँडडुल, जगिङ, शारीरिक कसरत र प्राणायाम गरेर स्वास्थ्यको हेरचाह गर्दै आएका थिए।

Logo