सरकारले भन्याे- सन्दीपलाई विश्वकप खेलाउन अझै पहल भैरहेको छ

सरकारले भन्याे- सन्दीपलाई विश्वकप खेलाउन अझै पहल भैरहेको छ

केन्द्रबिन्दु
15
Shares

सरकारले क्रिकेटर सन्दीप लामिछानेलाई टी२० विश्वकप खेल्न संयुक्त राज्य अमेरिकाको भिसा दिलाउन अझै पहल भइरहेको बताएको छ ।

अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आइसिसी पुरुष टि२० विश्वकप २०२४ मा सहभागिताका लागि बिहीबार दोस्रोपटक नेपालस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्विकार गरेको थियो । तर, शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं रेखा शर्माले भनिन्,‘भिसा दिनु नदिनु उसको आफ्नो देशको कुरा पर्‍यो। यसमा सरकारको पहलकदमीको कुरा आफ्नो ठाउँमा छँदै छ। यो भिसा किन दिएन भनेर हामीले उत्तर दिने कुरा हो भन्ने लाग्दैन। यो सम्बन्धित देशकै कुरा हो। त्यो विषयमा थप पहल प्रयत्न भइरहेको छ, के हुन्छ हेरौँ।’

सन्दीपले पहिलो पटक भिसा रिजेक्ट भएपछि पुनः अघि बढाउँदा आज अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, उनको भिसा फेरि रिजेक्ट भएको हो । नेपालले जुन ४ देखि आइसीसी टी–२० विश्वकप खेल्दै छ । समूह डीमा रहेको नेपालले नेदरल्याण्ड्ससँग खेल्दै विश्वकपमा दोस्रो पटक यात्रा सुरु गर्ने छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका र बगंलादेश पनि छन् । नेपालको विश्वकप खेल्ने प्रारम्भिक टोली भने यसअघि नै अमेरिका पुगिसकेको छ ।

Logo