‘सन्दीपले भिसा नपाउनु सिङ्गो देशमाथिको अपमान’ -ज्ञानेन्द्र शाही

‘सन्दीपले भिसा नपाउनु सिङ्गो देशमाथिको अपमान’ -ज्ञानेन्द्र शाही

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । राप्रपा प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिषा नदिनु भनेको सिङ्गो देशमाथिको अपमान भएको बताएका छन्।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शाहीले क्रिकेटर लामिछानेलाई अमेरिकाले भिषा नदिनु भनेको सिङ्गो देशमाथिको अपमान भएको बताएका हुन्।

उनले भने,‘विश्वले रुचाएको र विश्वका ठूल्ठूला खेलाडीलाई पछारेको सन्दीप लामिछानेको भिसा लाग्दैन। यसबारे सम्पूर्ण संसद् मौन देख्छु। संसारमा नेपाललाई कसैले चिनाउँछ भने कि त खेलाडीले हो की त कलाकारले, हो नेताले होइन। सन्दीपले भिसा नपाउनु भनेको उनी र सम्पूर्ण नेपालीको मात्र अपमान होइन यो त सिङ्गो देशमाथि भएको अपमान हो।’

Logo