नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोध्न सुझाव दिएका छन् ।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीले गिरीबन्धु टी–इस्टेटबारे तपाईंमाथि प्रश्न उठिरहेको छ नि भनी सोधेको प्रश्नमा ओलीले भने, ‘बालेनलाई सोध्नू ।’ यत्ति भन्दै उनी बाटो लागे ।
आज मात्रै मेयर बालेनले झापाको गिरिबन्धु टी स्टेटको जग्गा प्रकरणमा अध्यक्ष ओलीको हात रहेको दाबी गर्दै समयमै सो प्रकरण नसुल्झाए जेल जान सक्ने चेतावनी दिएका छन् । उनले आज फेसबुकमा स्टाट्स लेख्दै १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन्। मेयर बालेनले झापाको गिरिबन्धु जग्गा प्रकरणमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थमथम्याएको खुलासा पनि गरेका छन्। यसहघि पनि उनले पटकपटक गिरीबन्धुमा ओलीलाई निशाना बनाएका छन् ।





























प्रतिक्रिया