बजेटसम्बन्धि छलफलमा अर्थमन्त्री अनुपस्थित, बैठक १५ मिनेटका लागि स्थगित

बजेटसम्बन्धि छलफलमा अर्थमन्त्री अनुपस्थित, बैठक १५ मिनेटका लागि स्थगित

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ।

संसदमा बजेटसम्बन्धि छलफल जारी रहेका बेला अर्थमन्त्री बर्षमान पुन उपस्थित नभएको बताउदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्रीको उपस्थितिको माग गरेपछि सभामुखले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन्।

बजेटसम्बन्धि छलफलमा अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको बताउदै राप्रपा अध्यक्ष लिङदेन सभामुखको ध्यानाकर्षण गराएका थिए।

सभामुखले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा रहेकाले केही समयमा आउनेभन्दै १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

Logo