केही ऐन संशोधनका लागि १० मन्त्रालय छलफलमा

केही ऐन संशोधनका लागि १० मन्त्रालय छलफलमा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलिरहेको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहीबार बैठक भएको छ ।

कानूनमन्त्री पदम गिरीले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटि नसकेको हुनाले छलफल थालेको सुरु गरेको बताए । छिटै छलफल सकेर विधेयकलाई टुंगोमा पुर्याउने गरी काममा जुटेको उनको भनाइ छ ।

उनले भने, ‘हामी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलको क्रममा छौं । जुन जुन मन्त्रालयसँग सम्बन्धित विधेयकसँग छलफल जुट्न सकेको छैन । त्यस सम्बन्धमा छलफल गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीज्युहरु र प्रतिनिधिरुलाई बोलाएर छलफल गरिरहेको छौं । १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले हामी मन्त्रालयसँग बसेर छलफलमा छौं । छिटै छलफल टुंग्याएर विधेयकलाई हामी टुंगोमा पुर्याउने काममा जुटेका छौं ।’

Logo