स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
168
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँ दिल्ली उडेकाा उनी आज स्वदेश फर्किएका हुन् । उनकाे टाेलीमा छाेरी गङ्गा दाहालसहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि सहभागी थिए ।

प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यबाहक प्रधानमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलगायत मन्त्री, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायतले स्वागत गरेका छन् ।

शपथग्रहण समारोहपश्चात् प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो । प्रधानमन्त्री प्रचण्डले आज भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Logo