गण्डकीमा देवकोटा र मनाङे बने मन्त्री

गण्डकीमा देवकोटा र मनाङे बने मन्त्री

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्।

माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई मुख्यमन्त्री पाण्डेले मन्त्री नियुक्त गरेका छन्।

माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्वीप जारी भए पनि पाण्डेलाई विश्वासको मत दिएका थिए । देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनेका छन्।

उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

यो सँगै गुरुङ गण्डकीमा छैटौं पटक मन्त्री बनेका हुन्। कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयमा यस अघि नै नियुक्त भइसकेका छन्।

सरकारलाई विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ। सर्वोच्चको परमादेशमा जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले मन्त्रिपरिषद् बिस्तार गरेर आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन्।

Logo