भिडियोमा हेर्नुहोस्, विष्णु पौडेलको बचाऊ गर्दै प्रधानमन्त्री के-के भने ?

भिडियोमा हेर्नुहोस्, विष्णु पौडेलको बचाऊ गर्दै प्रधानमन्त्री के-के भने ?

केन्द्रबिन्दु
0
Shares

ललितानिवास जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलमाथि कारवाहीको माग एकातिर छ । पार्टीभित्रै थुप्रै नेताहरुले पौडेलमाथि कारवाहीको माग गरेका छन् । उनीहरुले पार्टी महासचिवबाट हटाई निष्पक्ष छानविन गर्न माग गरिरहेका हुन् । तर सरकारले भने पौडेलको बचाउँ गर्दै आएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पनि महासचिव पौडेल जग्गा दलालबाट ठगिएको भन्दै क्षतिपूर्ति पाउनुपर्ने माग राखेका थिए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि महासचिव पौडेलको बचाउँ गरेका छन् । प्रधानमन्त्री ओलीले महासचिव पौडेलले बालुवाटारको जग्गा नहडपेको बताए । ओलीले बालुवाटारको जग्गा किन्नका लागि महासचिव पौडेलले पदीय दुरुपयोग नगरेको भन्दै उनको बचाउ समेत गरे ।

उनले भने, “२०६१ सालमा राजाको शासनका बेला , हाम्रो सरकारको बेला होइन, जमिन किन्नुभएको रहेछ । धेरैले किनबेच गरिसकेपछि थापा नपाएर अरुले गरेको किनबेच त्यो हडपेको होइन । त्यस सम्बन्धमा अहिले मैले केही भनिहाल्नु आवश्यक छैन ।”

Skip This
Skip This
Logo