संघीयताको आवश्यकता बुझाउन नसक्दा प्रदेशको औचित्य पुष्टि हुन सकेन: सभामुख पाठक

संघीयताको आवश्यकता बुझाउन नसक्दा प्रदेशको औचित्य पुष्टि हुन सकेन: सभामुख पाठक

केन्द्रबिन्दु
15
Shares

हेटौँडा । बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले प्रदेश सरकारको आवश्यकता र औचित्य पुष्टि हुन नसकेको बताएका छन्। उनले संघीयता र प्रदेश सरकारको स्थायित्वका बारेमा औचित्य पुष्टि हुन नसक्दा निरन्तर प्रदेश सरकारमाथि प्रश्न उठ्ने गरेको बताए।

मंगलबार कोशी प्रदेशका संसदीय पत्रकारहरुसँगको छलफलमा सभामुख पाठकले संघीयता र प्रदेश सरकारको आवश्यकताबारे नागरिकसम्म सचेतना पुर्याउनुपर्नेमा उनले जोड दिए। राज्य व्यवस्थालाई सशक्त र बलियो बनाउन प्रदेश सरकारको कार्यसम्पादन र भूमिका बढाउनुपर्नेमा उनले जोड दिए। प्रदेशसभालाई जनतासँग जोड्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख पाठकको धारणा छ।

‘प्रदेश सरकार र सङ्घीयताको स्थायित्व हुन नसक्दा विभिन्न कोणबाट प्रसार भएको छ। नागरिकहरूसम्म प्रदेश र संघीय संरचनाको मोडलको बारेमा बुझाई पुग्न सकेको छैन,’ उनले थपे, ‘नागरिकसम्म प्रदेश र संघीयताको सवाललाई पुर्याउन कार्यक्रम चलाउनुपर्छ। प्रदेश सभाले चलाएको नमुना युवा संसद् कार्यक्रमले संघीयताको स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेलेको छ।’

पछिल्लो समय युवा पुस्ताहरूमा राजनीति र राज्य संयन्त्र प्रति वितृष्णा बढ्दो रहेको उल्लेख गर्दै समाजमा नकारात्मक विषयले प्राथमिकता पाउन थालेको धारणा उनले राखे। पछिल्लो समय प्रविधिको विकाससँगै मिडिया क्षेत्रमा चुनौती थपिएको पाठकले धारणा राखे।

Skip This
Skip This
Logo