खुल्लामञ्चमा सटर बनाएर चर्को भाडा असुली (भिडियोसहित)

खुल्लामञ्चमा सटर बनाएर चर्को भाडा असुली (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौको खुल्लामञ्चमा जथाभावी सटर बनाएर भाडामा लगाएपछि स्थानीयले विरोध जनाएका छन् । खुल्लामञ्च बचाउ अभियानले बिहिबार खुल्लामञ्चै पुगेर विरोध कार्यक्रमको आयोजना गरेका हुन् ।

भूमाफियाले खुल्लामञ्च अतिक्रमण गरेको भन्दै उनीहरुले चर्काे नाराबाजी गरेका थिए । उनीहरुले ‘खुल्लामञ्चलाई खुल्ला राखौ’ भन्दै नारावाजी गरेका थिए । विरोध कार्यक्रममा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानदेखि नयाँ शक्ति पार्टीकी काठमाडौं संयोजक मानुषी यमी समेत सहभागि थिइन् ।

खुल्लामञ्च विरोध कार्यक्रम सकेर उनीहरुले काठमाडौ महानगरपालिका उप मेयर हरिप्रभा खड्कीलाई ज्ञापन पत्र बुझाएका छन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाण्डौ उपत्यकामा खाली रहेका जग्गा भू-माफियाले अतिक्रमण गरेका समाचार बिभिन्न सञ्चारमाध्यामबाट आई नै रहेको परिपे्रक्षमा टुँडीखेलको खाली जग्गा पनि अतिक्रमण भएको छ ।’

आफुहरुले यस विषयमा विगतदेखि नै महानगरपालिकालाई ध्यानाकर्षण गराउँदै आएको भन्दै सटर निर्माण तत्कार रोक्न आग्रह गरेका छन् । “महानगरले आवश्यक कदम नचाले चरणबद्धरुपमा आन्दोलनको कार्यक्रम घोषणा गर्छौ ।” अभियानका संयोजक सुसन वैद्यले भने ।
यसबारे अनुगमन गर्न महानगरपालिकाले उपमेयर खड्गीको नेतृत्वमा अनुगमन समिति गठन गरेको छ ।

के हो वास्तविकता ?

२०७३ साल बैशाख २२ गते सरकारले पुरानो बसपार्कलाई खुल्लामञ्चमा सारेको थियो । पुरानो बसपार्ककामा भ्यू टावर बनाउनका लागि भन्दै सरकारले खुल्लामञ्चलाई बसपार्क बनाएको थियो ।

भ्यू टावर बनाउने जिम्मा पाउको जलेश्वर स्वछन्द बिकोइ बिल्डर्सले अहिलेसम्म एक प्रतिशत पनि काम गरेको छैन । मनोजकुमार भेटवालको यो निर्माण कम्पनीले नै अहिले त्यहाँ सटर बनाएर धमाधम चर्काे भाडा असुलिरहेका छन् । भेटवालमाथि तत्कालिन एपेक्स विकास बैंक डुबाएको आरोप छ ।

Skip This
Skip This
Logo